Plays Written by Khagendra

अटलबहादुरको आतंक

जुटेकालाई फुटाएर खान पल्केको बज्रस्वाँठको बारे नाटक ‘अटलबहादुरको आतंक’ केन्द्रित छ । यो नाटक सन् २०१२ नोभेम्बर १८ गते आरोहण, गुरुकुलको रिमाल नाटकघरमा पहिलो पटक मञ्चन भएको हो । हालसम्म यो नाटक २४ पटक मञ्चन भइसकेको छ । यो नाटकका लेखक/निर्देशक खगेन्द्र लामिछाने हुन् ।

Atal Bahadur ko Aatanka

This drama is about a loafer who divides peple and takes advantages. On 18th November 2009, this drama was staged in Gurukul’s Rimal theater for the first time. This drama has been staged 24 times. Khagendra Lamichanne wrote this drama.


पानीफोटो

युद्धमा हराएको छोरो कुरेर बसेका बाउआमाको चिन्ता र आशा नाटक ‘पानीफोटो’को विषयबस्तु हो । यो नाटक सन् २०१० फेब्रुअरी १७ गते आरोहण, गुरुकुलको रिमाल नाटकघरमा पहिलो पटक मञ्चन भएको हो । हालसम्म यो नाटक ३५ पटक प्रदर्शन भइसकेको छ । यो नाटकका लेखक/निर्देशक खगेन्द्र लामिछाने हुन् ।

Paaniphoto

The storyline portrays hope and worries of parents waiting for their son who went missing during insurgency. This drama was staged for the first time on February 17, 2012 in Aarhan Gurukul’s Rimal theater. Till date this drama has been staged 35 times. Khagendra is the writer of this drama.


हजुरबाको कथा

दोस्रो विश्वयुद्ध लडेका हजुरबाले सुनाएका युद्धकथा र रहर नहुँदा-नहुँदै लाहुरे बन्न बाध्य नातीका विवशताका बारे नाटक ‘हजुरबाको कथा’ केन्द्रित छ । यो नाटक सन् २००८ नोभेम्बरमा आरोहण, गुरुकुलले आयोजना गरेको काठमाडौं अतर्राष्ट्रिय नाटक महोत्सवमा प्रदर्शन गरिएको हो । यो नाटकका लेखक/निर्देशक खगेन्द्र लामिछाने हुन् ।

Hajurbako Katha

This drama is about war stories from grandfather who fought during the Second World War and compulsion of a grandson who despite his desire is forced to be a army. For the first time this drama was staged in Kathmandu International drama festival organized by Aarohan Gurukul in November 2008. Khagendra Lamichhane directed this drama.


पीडा गीत

द्वन्द्वकालमा परिवार र आफन्त गुमाएपछि गाउँबाट विस्थापित भएको एकजना बुढो मान्छेले शहरमा आएपछि गर्नु परेको संघर्ष र उसका पुराना सम्झनामा नाटक ‘पीडा गीत’ केन्द्रित छ । सन् २००७ अप्रिल मा आरोहण, गुरुकुलले आयोजना गरेको आरोहण राष्ट्रिय नाटक महोत्सवमा नाटक पीडा गीत पहिलो पटक मञ्चन भएको हो । त्यस्तै, यो नाटक पथुम थानी अतर्राष्ट्रिय नाटक महोत्सव, थाइल्याण्ड सन् २००९ र एडिनवर्ग फ्रिन्ज फेस्टिभल, स्कटल्याण्ड, बेलायत २००९ मा पनि प्रदर्शन भइसकेको छ । हालसम्म यो नाटक १३ पटक प्रदर्शन भइसकेको छ । यो नाटकका लेखक/निर्देशक खगेन्द्र लामिछाने हुन्।

Peeda Geet

It is a story about the struggle of an old man who moved to city after being displaced from the village and lost his family and relatives to the Maoist insurgency. The story is about his past memories. On April 2007, this drama was staged for the first time in Aarohan National theater Festival organized by Aarohan Gurukul. This drama has already been staged in Pahtum Thani international theater Festival, Thailand and Edinburg Fringe, Scotland, England in 2009. Until date, this drama has been staged in 13 times. Khagendra Lamichhane is the director of this drama.


राजनीति

नाटक गर्ने एक समूहलाई विम्बको रुपमा प्रयोग गरि राजनीतिमा हुने घातप्रतिघातलाई नाटक राजनीतिको बिषयवस्तु बनाइएको छ । यो नाटकका लेखक खगेन्द्र लामिछाने हुन् ।

Raajneeti

The repercussion in politics is the main subject of Rajneeti, where a drama group is presented as an image.


खुमा

युद्धरत दुई पक्षको चेपुवामा परेर स्कुल छोड्न विवश एउटी सानी केटीको कथा हो नाटक ‘खुमा’ । यो नाटक कथाकार महेशविक्रम शाहको कथा खुमाको केन्द्रिय विषयलाई लिएर नाटकीकरण गरिएको हो । यो नाटक सन् २००३ नोभेम्बरमा सम नाटकघरमा, सन् २००४ फेब्रुअरी २९मा थिएटर अफ प्रोभोकेसन साउथ एसियन ड्रामा, टोकियो जापानमा, सन् २००५ मा भारत रंग महोत्सव, दिल्लीमा र सन् २००६ नोभेम्बरमा बहुरुपी थिएटर फेस्टिभल, मैसुर, भारतमा गरि १६ पटक मञ्जन भैसकेको छ । यो नाटकका लेखक खगेन्द्र लामिछाने र निर्देशक अनुप बराल हुन् ।

Khuma

Khuma is a story of a small helpless girl who had to leave school because of war between two groups. This drama has been based on the central subject of the story Khuma by storywriter Mahesh Bikram Shah. This drama has been staged 16 times. It was presented in Sama theater in November 2003, in Theater of Provocation South Asian Drama in Tokyo, Japan on February 29, 2004, in Bharat Ranga Mahotsab, Delhi in 2005and in Bahurupi Theater Festival, Maisoor India in November 2006. This drama is directed by Anup Baral.


जार

नाटक ‘जार’को विषयवस्तु नेपालमा धेरै पहिले रहेको जार काट्ने प्रथा र युवायुवतीबीच हुने अजम्वरी प्रेमका बारेमा छ । नाटक ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ‘जारः भएकै एउटा कथा’को केन्द्रीय विषयलाई लिएर नाटकीकरण गरिएको हो । यो नाटकका लेखक खगेन्द्र लामिछाने हुन् ।

Jaar

The subject of the drama ‘Jaar’ is based on the custom of punishing a Paramour and the love between young men and women. The drama ‘Jaar’ is based on the central subject of the story ‘Jaar Bhaekai Euta Katha’ by Indra Bahadur Rai.


टलकजंग भर्सेस् टुल्के

समाजमा गुमेको आफ्नो अस्तित्व पुर्नस्थापित गर्न संघर्षरत एउटा युवकको कथा हो नाटक ‘टलकजंग भर्सेस टुल्के’ । विश्वप्रसिद्ध चाइनिज लेखक लू–शूनको ‘आह क्यूको साँचो कथा’बाट प्रभावित भई नाटक ‘टलकजंग भर्सेस टुल्के’ लेखिएको हो । यो नाटक सन् २००७ सेप्टेम्बरमा रिमाल नाटकघरमा र सन् २००८ जनवरीमा भारत रंग महोत्सव, दिल्ली गरि १३ पटक प्रदर्शन भैसकेको छ । यो नाटकका लेखक खगेन्द्र लामिछाने र निर्देशक अनुप बराल हुन् ।

[यो नाटकमा आधारित चलचित्र निर्माणको क्रममा छ।]

Talakjung Vs Tulke

‘Talakjung Vs Tulke’ is a story of a youth struggling to reestablish his existence lost in his society. ‘Talakjung Vs Tulke was written, influenced from the world famous Chinese writer Lu Xun’s story ‘The true story of Ah Q’. This drama has been presented in Rimal theater in September 2007 and in Bharat Ranga Mahotsav, Delhi in January 2008. This drama has been staged for 13 times. This drama is directed by Anup Baral.

[A Nepali feature film based on this play is being produced.]

Tags: 

Copyright, All Rights Reserved.

Find Khagendra on TwitterFind Khagendra on FacebookFind Katha Mitho Sarangiko on YouTubeFind Khagendra on LinkedIn