About Khagendra Lamichhane

खगेन्द्र लामिछाने अन्तर्राष्ट्रिय पुरस्कार विजेता रेडियो नाटकका लेखक / निर्देशक हुन् । उनी संलग्न नाटक 'कथा मीठो सारंगीको'ले २००९ मा दुई विधा, टिम अफ द इयर र बेस्ट नन्-इङ्गलिस सर्भिस, मा बीबीसी ग्लोबल रिथ अवार्ड प्राप्त गरेको थियो । सो नाटक बीबीसी मिडिया एक्सन नेपालले उत्पादन गरेको थियो

खगेन्द्र प्रसाद लामिछाने सन् १९९९ देखि रंगमञ्चमा सक्रिय छन् । लामिछानेले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवमा लेखक/निर्देशक/अभिनेताको रुपमा सहभागिता जनाइसकेका छन् । लामिछानेले आरोहण, गुरुकुलका लागि अतिथि निर्देशक भएर ‘पानीफोटो’ र ‘अटलबहादुरको आतंक’ नामका दुईवटा नाटक निर्देशन पनि गरेका छन् । त्यस्तै उनले निर्देशन गरेका नाटक ‘पीडा गीत’ र ‘हजुरबाको कथा’ विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी भएका छन् । ‘पानीफोटो’ र ‘कथा नाटक’ नामका दुईवटा नाटक संग्रह लामिछानेका प्रकाशित कृति हुन । ‘बधशाला’ उनले अभिनय गरेको पहिलो नेपाली चलचित्र हो । लामिछानेले सन् २००७ सेप्टेम्बरदेखि २०१३ जुलाई सम्म बीबीसी मिडिया एक्सन नेपालमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् । हाल उनी ‘षट्कोण थियटर कम्पनी’मा क्रियटिभ डाइरेक्टरको रुपमा काम गर्छन् ।


Khagendra Lamichhane is an award winning radio drama maker. In 2009 Katha Mitho Sarangiko, produced by BBC Media Action Nepal, won a couple of BBC Global Reith Awards and Mr. Lamichhane was the key member of the team. The awards were for the team of the year and best non-English language service.

Khagendra is active in Nepali theatre since 1999. He has participated in a number of national and international Theater festivals as an author, director and actor. His two plays “Hajurbaa ko Katha” and “Peedageet” has been staged in Nepal and abroad. Furthermore, he has directed a couple of plays “Paniphoto” and “Atal Bahadurko Atanka”, for Arohan, Gurukul as a guest director. “Paniphoto” and “Katha Natak” are his published books. Badhshala was his debut Nepali feature film. Mr. Lamichhane has worked for BBC Media Action, Nepal under various capacities. At present he is involved with Shatkon Theater Company as a Creative Director.


[Click Here] for Khagendra's CV

Copyright, All Rights Reserved.

Find Khagendra on TwitterFind Khagendra on FacebookFind Katha Mitho Sarangiko on YouTubeFind Khagendra on LinkedIn